आजबाट सन् २०२१ सुरु
मकवानपुर । आज (शुक्रबार) देखि ग्रेगोरियन पात्रो अनुसार नयाँ वर्ष इस्वी सन् २०२१ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन् सुरुवात् भएको मानिन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको बताइन्छ ।
नेपालीहरुको आफ्नै वर्ष वैशाख १ गते मनाउने भएपछि पछिल्लो समय नेपालमा पनि आजका दिनमा विभिन्न ठाउँमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाउने गरिएको छ ।