शिक्षकहित सहकारीको साधारणसभा

लोकखबर
१९ पुष २०७७, आईतवार ०६:१०

मकवानपुर । शिक्षकहित बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारणसभा भएको छ । सहकारीका अध्यक्ष सिताराम दाहालको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य पद्मा पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

कोभिड १९ का कारण पौष १० गतेबाट सुरु भएको भेलाको शनिबार समापन गरिएको हो । साधारणसभामा कोषाध्यक्ष रामजीप्रसाद हुमगाईले एक करोड ५५ लाख ९७ हजार २ सय १४ बराबरको आय व्यय प्रस्तुत गरेका थिए । आगामी वर्षका लागि भने एक करोड ७० लाख ५५ हजार बराबरको अनुमानित रकम कोषाध्यक्ष हुमागाईंले प्रस्तुत गरेका हुन् ।

भेलामा उत्कृष्ट बचतकर्ताका रुपमा केशवराज सुवेदी, असल कारोबारीका रुपमा नानीमाया थोकर पुरस्कृत भए भने जेष्ठ नागरिक ईश्वरीकुमारी अर्याल र बलराम न्यौपाने सम्मानित भए ।

भेलामा सहकारीका सचिव अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल, उपाध्यक्ष लक्ष्मी गजुरेल, वागमती प्रदेस सचिवालय सदस्य मोहन शर्मा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभा समापन कार्यक्रममा संगठन सल्लाहकार पिताम्वर बास्तोला, लक्ष्मी चौलागाई, कोषाध्यक्ष जयप्रसाद पोखरल, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल, सचिवालय सदस्य कृष्ण पौडेल, प्रचार विभाग प्रमुुख सुनील गौतम, भगवती श्रेष्ठ, सहकारी लेखा सुपरीवेक्षण समिति संयोजक अभिमन्यू गौतम, गुरुप्रसाद ओझा, कृष्ण पोखरेल, सुवास खनाल लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*