‘मोसो’,‘कुमाता’ र ‘एकान्तबास’माथि हेटौंडामा चर्चा

लोकखबर
१९ पुष २०७७, आईतवार ०७:३३

मकवानपुर । साहित्यिक कृतिमाथिको चर्चा ‘राउन्ड टेबल गसिप’ नामक समीक्षा शनिबार हेटौंडामा गरिएको छ ।

चितवनका तीन जना पत्रकारका साहित्यिक कृति मोसो, एकान्तवास र कुमातामाथि शनिबार हेटौँडामा एक कार्यक्रमबीच वृहत चर्चा गरिएको हो ।

र्यप्रकाश कँडेलद्वारा लिखित ‘मोसो’ उपन्यास बारे प्राध्यापक घनश्याम घिमिरे, विनोदबाबु रिजालद्वारा लिखत ‘एकान्तवास’को साहित्यकार शान्तिप्रिय बन्दना र वसन्त पराजुलीले लेखेको ‘कुमाता’ कथा संग्रहको कवि निमेष निखिलले समीक्षा गरेका थिए ।

पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार, तुखबर डटकमका प्रधान सम्पादक गिरिजा अधिकारीको स्वागत मन्तव्य, कवि छवि अनित्यको सहजीकरणमा संचालित कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम राउन्ड टेबल गसिपका संयोजक राम अविकासको अध्यक्षतामा भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*