मतदान केन्द्र थप्ने तयारीमा निर्वाचन आयोग
मकवानपुर । प्रतिनिधीसभा विघठन भएपछि अब चुनाव होला वा पुनःस्थापना भन्नेमा बहस भइरहेका बेला निर्वाचन आयोग मतदान केन्द्र थपघट गर्ने तयारीमा जुटेको छ । आयोगका अनुसार यसअघि सम्पन्न चुनावमा देशभर १० हजार ६७१ स्थानमा १९ हजार ८०९ मतदान केन्द्र रहेकोमा अब मतदान केन्द्रको संख्या बढाइने तयारी छ । सामान्यतया : एउटा मतदान केन्द्रमा करिब १ हजार मतदाता हुनुपर्ने मापदण्ड भएपनि भौगोलिक विकटता, जनसंख्यालाई समेत हेरेर केन्द्रहरु निर्धारणको तयारी भएको बुझिएको छ ।
प्रतिनिधीसभा विघठनसंगै घोषणा गरिएको आगामी वैशाख १७ र २७ गतेको चुनावलाई ध्यान दिँदै निर्वाचन आयोगले देशभरका मतदान केन्द्र थपघट गर्ने कार्य अघि बढाउन थालेको हो ।
चुनावमा प्रतिनिधिसभा विघटन भएको दिन अर्थात् २०७७ पुस ५ गते रातिसम्म १८ वर्ष उमेर पुगेका र आयोगमा जिल्ला प्रशासनहरुबाट आएकाले भोट हाल्न पाउँनेछन्