युग चेतना नमूना विद्यालयलाई पोशाक सहयोग

लोकखबर
२२ पुष २०७७, बुधबार ०६:०८

मकवानपुर । मकवानपुरको हेटौंडा १३ वनस्पतिमा रहेको युग चेतना नमूना आधारभूत विद्यालयमा विद्यालय पोषक सहयोग गरिएको छ ।

विद्यालयका पिटिए अध्यक्ष तेजकुमार स्याङतान र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का सदस्य सन्तबहादुर तितुङले १०६ मिटर पाइन्टको कपडा विद्यालयलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक राजु बर्तौला र व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार डिम्डुङलाई सो सहयोग हस्तान्तरण गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक अपुग भएकोले थप सहयोग गरिएको पिटिए अध्यक्ष स्याङतानले जानकारी दिए ।

वि.सं.२०५३ सालमा स्थापना भएको विद्यालयमा यही शैक्षिक शत्रबाट कक्षा ६ सम्म पढाइ सुरु गरिएको छ । यो वर्ष ६ कक्षाबाट उत्तीर्ण भएका विद्यार्थीहरुलाई ७ कक्षासम्म भर्ना लिइने स्याङतानले बताए । विद्यालयमा अहिले ३२२ जना विद्यार्थी अध्ययनरत रहेको र बन्दै गरेको नयाँ भवनमा यसै माघ महिनाको अन्तिमबाट पढाइ सुरु हुने समेत उनले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*