महिला जनचेतनामा जानुकाको नेतृत्व, बचतकर्ता र कर्मचारी सम्मानित

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगर वडा नम्बर १५ रातोमाटेमा रहेको महिला जनचेतना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जानुका दुवाडी चयन भएकी छिन् । सहकारीको आज भएको २० औं वार्षिक साधारणसभा तथा ८ औं निर्वाचन समापन भेलाबाट दुवाडीको नेतृत्वमा एघार सदस्यीय कार्य समिति चयन गरिएको हो ।
आगामी चार वर्ष कार्यकाल रहने कार्यसमिति उपाध्यक्षमा संस्थाको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा ज्योती माया डोल्मा देवी लक्ष्मी मुक्तान (लो), सचिवमा कृष्णमाया तितुङ रहेका छन् । सदस्यहरुमा रञ्जिता गोले, ठुलीमाया मुक्तान, सम्झौता विक, रविना प्रजा, सञ्चमाया स्याङतान,सरिता सिंतान, सुष्मा स्याङतान चयन भएका छन् ।
गत १८ गतेबाट सुरु गरिएको साधारणसभा समापन कार्यक्रम संस्थाका अध्यक्ष कुमारी श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरकाका उपमेयर मीना लामाको प्रमुख आतिथ्यमा भएको हो ।
समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष महारत्न लामा, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका दाहाल, महिला जनशक्ती बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष मीना अधिकारी, मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रमाया तामाङ, भुटनदेवी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चमेलीमाया सिंजाली, साविक चुरियामाई गाविस अध्यक्ष प्रेम भोम्जन लगायतको आतिथ्यता थियो ।
सभामा विभिन्न प्रकारका बचतकर्ता, उत्कृष्ट समूह तथा कर्मचारीलाई सम्मान प्रदान गरिएको सहकारीमा नव निर्वाचित उपाध्यक्ष लक्ष्मी श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठका अनुसार जेष्ठ शेयर सदस्य ठुलीकान्छी थिङ र ठुलीमाया सिंतानलाई सम्मान गरिएको छ । खुत्रुके बचततर्फ युरिसा डंगोल, रिहाना स्याङतान, दैनिक बचततर्फ नवीना घलान, सुन्तली माया स्याङतान, ऐच्छिक बचततर्फ सावित्री धिमाल, बिना बल, शेयर खरिदतर्फ डोलकुमारी ढुंगाना, उत्कृष्ट ऋण कारोबारतर्फ मेनुका स्याङ्बो, रुपा उप्रेती, अम्मीमाया घलान, सुनिता तिमल्सिना, विमला घलान, उर्मिला भण्डारी, दिलु पाख्रीन, आशा माया घलान, शान्ति लामा, सानुकान्छी थिङ सम्मानित भएका छन् । उत्कृष्ट समूहतर्फ कालीमाई महिला समूह, संचालक समितितर्फ सदस्य र ऋण संयोजक ज्योती माया डोल्मा देवी लक्ष्मी मुक्तान (लो), कर्मचारीतर्फ लक्ष्मी थिङ र पार्वती मुक्तान, लेखा संयोजक तथा निवर्तमान अध्यक्ष मञ्जु कुमारी थिङ सम्मानित भएका छन् ।
प्रोबेसन अवार्ड पाउँन सफल सहकारीमा हाल २ करोड १४ लाख ९२ हजार ७ सय शेयर पुँजी रहेको सभामा जानकारी दिइयो । सहकारीले १९ करोड २३ लाख ९४ हजार ऋण लगानी गरेको छ ।