मकवानपुरगढी गाउँपालिकामा पन्ध्र शैयाको अस्पताल शिलान्यास
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६, डुम्रेकुनामा १५ शैयाको अस्पताल निर्माणका लागि आज (शनिबार) शिलान्यास गरिएको छ ।
संघीय सरकार, राष्ट्रिय योजना आयोगले ९ करोड ४० लाख टेन्डर आव्हान गरेकोमा ६ करोड ५७ लाख लागतमा अस्पताल निर्माणका लागि सम्झौता भएको छ । वि.सं.२०७९ असारसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने अस्पतालको प्रतिनिधीसभा सदस्य विरोध खतिवडाले शिलान्यास गरेका हुन् ।
स्थानीय बुद्दबहादुर स्याङ्तान र वीरबहादुर लुङ्बाले दान गरेका करिब डेढ करोड मूल्य पर्ने साँढे १३ कठ्ठा जग्गामा अस्पताल निर्माण सुरु गरिएको हो ।
अस्पताल शिलान्यास गर्दै खतिवडाले दिगो विकासको लक्ष्य पूरा गर्ने कार्यमा आफूहरु अघि बढिरहेको बताए । स्वास्थ्यको संवैधानिक हक पूरा गर्नका लागि आफूहरुले राज्यलाई झकझाकाउने काम गरिरहेको बताउँदै खतिवडाले पन्ध्र शैयाको अस्पताल गाउँमै निर्माण सुरु भएको बताए । ‘नागरिकको स्वास्थ्य सेवा पाउँने संवैधानिक हक प्रत्याभूत गराउँनका लागि स्थानीय जनप्रतिनिधीसंगै हामी लागेका छौं ।’ खतिवडाले भने । सडक, विजुली लगायत विकास निर्माणका काममा आफ्नो पनि भूमिका रहेको खतिवडाको भनाई छ । स्थानीय जनताले जनप्रतिनिधीलाई जति घचघच्यायो जनप्रतिनिधी त्यति तात्ने र स्थानीय जनप्रतिनिधीले झकझकाउँदो आफूहरुलाई योजनाका लागि सहयोग पु¥याउँन त्यति सजिलो हुने खतिवडाले बताए ।
गाउँपालिका अध्यक्ष विदुर हुमागाईका अनुसार अस्पताल निर्माण सम्पन्न भएपश्चात मकवानपुरगढी सिंगो गाउँपालिकाबासी लाभान्वित हुने जानकारी दिए । ‘अस्पताल निर्माणपछि सिंगो गाउँपालिकाबासीका अलावा मकवानपुर जिल्लाका अन्य क्षेत्रका नागरिकले उपचार तथा स्वास्थ्य सेवा लिनसक्ने अपेक्षा लिएका छौं । ’ अध्यक्ष हुमागाईंले भने, ‘ गाउँमै अस्पताल निर्माण सुरु गरेर पालिकाबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न हामीहरु लागिपरेका हौं ।’ स्थानीय तह भनेको घरदैलोकै सरकार भएकाले नागरिकलाई गाउँमै स्वास्थ्यमा पहुँच पु¥याउँने आफूहरु योजना बमोजिम अस्पाल निर्माण सुरु गरिएको हुमागाईंले बताए ।
पालिकाका सामाजिक विकास समितिका संयोजक, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जीतबहादुर घिमीरेको अध्यक्षता तथा वडा नम्बर ६ का अध्यक्ष टीकाप्रसाद दाहालको सहजीकरण, कार्यपालिका सदस्य, स्थानीय जनप्रतिनिधी, वडालाई जग्गा दान गर्ने कृष्ण सुवेदी, सामाजिक अगुवा लगायतको उपस्थितीमा अस्पताल शिलान्यास गरिएको हो ।