प्रधानमन्त्री ओलीले जनमतको खिल्ली उडाएः कुमारी मोक्तान

लोकखबर
२८ पुष २०७७, मंगलवार ०७:४३

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा०का केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला सह-इन्चार्ज कुमारी मोक्तानले प्रधानमन्त्री केपी ओलीले संविधान माथि ‘कु’ गरेर जनमतको खिल्ली उडाएको बताएकी छिन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा वडा स्तरीय अगुवा नेता कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा नेता मोक्तानले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनता माथि धोका दिएको आरोप लगाउँदै आफ्नो असफलतालाई ढाकछोप गर्न झुटको खेती गरिरहेको उनले उल्लेख गरिन् ।

प्रधानमन्त्रीको असंवैधानिक,अराजनीतिक कदमले पार्टीलाई विभाजनको अवस्थामा पुर्याएको नेता मोक्तानले बताइन् । उनले प्रधानमन्त्रीको असंवैधानिक कदम र अराजनीतिक विचारहिन कुतर्कको विरुद्ध एकभई संघर्षमा लाग्न अगुवा नेताकार्यकर्ताहरुलाई आग्रह गरिन् ।

वडाध्यक्ष मानध्वज वाइबाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टी जिल्ला सचिव प्रेमबहादुर पुलामी, प्रदेश सदस्य ललित घलान, सूर्यचन्द्र न्यौपाने , कार्यलय सदस्य बद्री लम्साल , सचिवालय सदस्य मिना लामा ,विवेक राई,भगवती पुडासैनी, तिलक अधिकारी, रामजी नेपाल , जिल्ला सदस्य सीता बिष्ट ,रुपेस बर्तोला , नगर अध्यक्ष रघु आचार्य ,सचिव तिर्थ थापा मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी वडा नम्बर–१२ मा नगर सचिवालय सदस्य भुवन खनालको अध्यक्षतामा , वडा नम्बर–१४ मा वडा पार्टी अध्यक्ष तिलक मोक्तानको अध्यक्षतामा जिल्ला सचिव प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा वडा स्तरीय अगुवा नेता कार्यकर्ताहरुको प्रशिक्षण भेला भएको जिल्ला पार्टी संगठन विभाग सह-संयोजक कमान सिं पाख्रिन(पृथक)ले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*