आज माघे संक्रान्ति, एक महिने मकर मेला सुरु

लोकखबर
१ माघ २०७७, बिहीबार ०७:३०

मकवानपुर । आज माघ १ अर्थात् माघे संक्रान्ति । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले आजका दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । मकवानपुर लगायत देशभर माघे संक्रान्ति पर्वमा पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिएको छ । तरुललाई पुस मसान्तका दिन उसिनेर आजका दिन माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलनमा देशका केही भागमा छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास छ । सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण सुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ।
हेटौंडा ९, कुस्मान्ड सरोवर त्रिवेणीधाममा आजबाट एक महिने मकर मेला लागेको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*