दश वटै स्थानीय तहमा कांग्रेस मकवानपुरको विरोध प्रदर्शन हुँदै

लोकखबर
३ माघ २०७७, शनिबार ०६:१२

मकवानपुर । नेपाली कांग्रेसले आज (शनिबार) मकवानपुरका दश वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको संसद विघठनको कदममा कांग्रेसको केन्द्रिय कार्यक्रम अनुसार मकवानपुरमा पनि विरोधको तयारी गरिएको पार्टी मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

मकवानपुरको सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्नका लागि कांग्रेसले प्रतिनिधी पनि चयन गरिसकेको छ । हेटौंडा उपमहानगरपालिकामा कार्यबाहाक सभापति विष्णुप्रसाद लामिछाने र थाहा नगरपालिकामा जिल्ला सल्लाहकार जयराम लामिछानेलाई जिल्ला प्रतिनिधि तोकेको छ ।

बागमती गाउँपालिकामा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, बकैया गाउँपालिकामा प्रवक्ता प्रदिप कोइराला, मकवानपुरगढी गाउँपालिकामा सहसचिव रामबाबु बानियाँ, भीमफेदी गाउँपालिकामा सल्लाहकार रिता खनाललाई जिल्ला प्रतिनिधि तोकेको छ ।

यस्तै, ईन्द्रसरोबर गाउँपालिकामा पार्टी जिल्ला सचिव बुद्द लामा, कैलाश गाउँपालिकामा सल्लाहकार प्रभातकुमार दाहाल,राक्सीराङ गाउँपालिकामा सल्लाहकार उमा दाहाल र मनहरी गाउँपालिकामा प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याललाई जिल्ला प्रतिनिधि तोकिएका हुन् ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*