नेपालमा ‘कोभिसिल्ड’ नामक कोरोना खोपलाई अनुमति

लोकखबर
३ माघ २०७७, शनिबार ०६:३७

मकवानपुर । नेपालमा ‘कोभिसिल्ड’ नामक कोरोना खोपलाई प्रयोग अनुमति प्रदान गरिएको छ । औषधि व्यवस्था विभागले यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए । उनका अनुसार हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालिले दर्ता गरेर खोप ल्याउन लागेको हो ।

कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता, २०७७ र ‘कोभिड–१९ विरुद्द प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणापत्रलाई आधार मान्ने विभागले अनुमति प्रदान गरेको हो ।

विभागले बुधबार सूचना जारी गर्दै कोभिड-१९ विरूद्द खोपको आयातका लागि उत्पादक वा आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदन माग गरेको थियो । विभागमा दर्ता रहेका वा दर्ता गरी आयात गर्ने मनसाय राख्ने उत्पादक वा आधिकारिक आयातकर्ताले सम्बन्धित उत्पादकका तर्फबाट आवश्यक कागजातसहितको विवरण खुलाई आपत्कालीन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सुचित गरेको गरिएको थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *