नेकपा (प्रचन्ड-माधव समूह) को हेटौंडा ५ मा अगुवा भेला

लोकखबर
३ माघ २०७७, शनिबार ०७:३०

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचन्ड–माधव समूह) को हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा वडास्तरिय अगुवा कार्यकर्ता भेला भएको छ ।

पार्टी वडा अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता तथा नेकपाका केन्द्रिय नेता केदार न्यौपानेको प्रमुख आतिथ्यतामा वडास्तरिय अगुवा कार्यकर्ता भेला भएको हो ।
भेलामा पार्टी मकवानपुरका नेताहरु श्रीधर पोखरेल,अर्जुन ढुंगेल, किशोर टन्डन, माधव तिमल्सिना, रघुप्रसाद आचार्य, तीर्थबहादुर थापा, लवराज ठकुरी, कमलचन्द्र सुमन, सरोज खनाल, सीता विष्ट, ध्रुव विष्ट, ललित घलान लगायतको आतिथ्यता थियो ।
भेलामा बक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरी पार्टी विभाजन गराएको बताए । प्रधानमन्त्री ओली परिवर्तनको विरोधी रहेको बताउँदै व्यक्तिगत स्वार्थमा लागेर असंधानिक तरिकाले प्रतिनिधीसभा विघठन गरेको बताउँदै बक्ताहरुले ओलीको कदम विरुद्द क्रान्तिकारी शक्तिहरु एक हुनुपर्नेमा जोड दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*