मकवानपुरमा एक वर्षमा मानव अधिकार उल्लंघनका ६३ वटा घटना

लोकखबर
३ माघ २०७७, शनिबार ०८:१२

मकवानपुर । मकवानपुरमा एक वर्षको अवधिमा ६३ वटा मानवअधिकार उल्लङ्घनका घटना भएको पाइएको छ ।

मानवअधिकारका क्षेत्रमा क्रियाशील संस्था इन्सेकका अनुसार मकवानपुरमा गत जनवरीदेखि डिसेम्बरसम्ममा ५० जना महिला, १२ परुष र एक जना अन्य गरी ६३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

इन्सेक मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा १९ जना बालिका पीडित भएका मध्ये १२ जना बालिका बलात्कार, ६ जना यौन दूव्र्यवहार र एक जना नवजात शिशुको हत्या भएको जानकारी दिइएको छ ।

जिल्ला अदालत मकवानपुरमा दर्ता भएका मुद्दा मध्ये एक वर्षका बिचमा पाँचवटा मुद्दामात्रै फैसला भएको पाइएको छ । गत वर्ष मकवानपुर जिल्लामा मानवअधिकार उलंघन तथा ज्यादतीका घटनामा ४६ जना महिला, ५ जना पुरुषसहित ५१ जना र राज्यपक्षबाट ५३ जना पीडित भएको इन्सेकका मकवानपुर पुष्पराज अधिकारीले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*