मुनु सिग्देल भन्छिन् – भ्रमको पछि नलागौं

लोकखबर
११ माघ २०७७, आईतवार ०६:३२

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव–प्रचन्ड समूहको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा भेला तथा प्रशिक्षण भएको छ ।
भेलामा सम्बोधन गर्दै नेकपा (माधव -प्रचन्ड पक्ष) मकवानपुरका अध्यक्ष मुनु सिग्देलले गणतान्त्रिक संबैधानिक व्यवस्थामाथि कु गरेर वर्तमानलाई विगततिर लाने प्रयास भइरहेको बताइन् । उनले भ्रमकोपछि नलागी,सत्य र यथार्थलाई जनतासम्म पुर्‍याउनु सबैको कर्तव्य भएको बताइन् । भेलामा पार्टी सचिव प्रेम बहादुर पुलामीले न्यायलयले असंबैधानिक कदमलाई सदर नगर्नेमा विश्वस्त रहेको बताए ।
भेला नेकपा १८ नम्बर वडा पार्टी इन्चार्ज प्रकाश बानियाँको अध्यक्षतामा भएको हो । भेलामा पार्टी जिल्ला सचिवालय सदस्य तथा नगर सहइन्चर्जा विवेक राई, जिल्ला कमिटि सदस्य सीता विष्ट बानियाँ, निबन्ध लामा,कमलचन्द्र सुमन,नगर कमिटि अध्यक्ष रघु आचार्य,सचिव तीर्थ थापा मगर लगायतको आतिथ्यता थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*