खेल

हेटौंडा भेट्रान्सको उपाधि बगरभाइ खलकलाई

लोकखबर
११ माघ २०७७, आईतवार ०७:५१

मकवानपुर । मकवानपुरको हेटौंडामा सम्पन्न छैंठौ हेटौंडा भेट्रान्स कप ‘एट ए साइड’ फुटबल प्रतियोगिताको उपाधी बगरभाई खलक पोखराले जितेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनलमा बगरभाई खलक पोखराले सानो गौचरण काठमान्डौलाई १–० गोल अन्तरमा पराजित गरेको हो । खेलको ३० औं मिनेटमा जर्सी नम्बर १० का मनोज गुरुङले गरेको गोल नै बगरभाई पोखराको जितको लागि निर्णायक बन्यो । प्रतियोगितामा म्यान अफ द म्याच बगरभाई पोखराका नरेश श्रेष्ठ भए ।

नकआउट चरणमा खेलाईएको खेलको विजेता बगरभाई खलक पोखराले नगद एकलाख १ हजार १ सय ११ रुपैया प्राप्त गरेका छन् भने उपबिजेता सानो गौचरण काठमान्डौंले ५१ हजार १ सय ११ रुपैया हात पारेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुले १०–१० हजार नगद पुरुस्कार प्राप्त गरेका छन् । खेलमा उत्कृष्ट मिडफिल्डर,फरवार्ड, डिफेन्डर,गोलकिपर र समूह प्रशिक्षकलाई जनही पाँच हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक बगरभाई पोखराका दिलिप क्षेत्री, उत्कृष्ट डिफेन्स सानो गौचरण काठमान्डौका चुनबहादुर थापा, उत्कृष्ट मिडफिल्डर बगरभाई पोखराकै राजकुमार केसी भए । यस्तै, उत्कृष्ट फरवार्डमा बगरभाई पोखराका मनोज गुरुङ, उत्कृष्ट प्रशिक्षक बगरभाई पोखराकै अन्जन देवकोटा, म्यान अफ द सिरिज पनि बगरभाई पोखराकै इश्वर गुरुङ भए ।

हेटौंडा भेट्रान्स क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनलमा विजेता, उपविजेता, उत्कृष्ट खेलाडी,प्रशिक्षकलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले पुरस्कार प्रदान गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*