संचारकर्मी अमर लामाको पहलमा विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
मकवानपुर । मकवानपुरको मकवानपुरगढी ५ मा रहेको ज्योति प्राविका ३५ जना अति विपन्न विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ ।
संचारकर्मी अमर लामाको पहलमा विद्यार्थीलाई स्वीटर, जुत्ता, टाउजर, शैक्षिक सामग्री तथा खेलौना प्रदान गरिएको हो ।
आज (आइतबार) विद्यालयमा पुगेर लामाले कोरिया, जर्मन, पार्चुगल, कोरियामा मनकारी नेपालीहरुले पठाएको सहयोग रकमबाट जाडो बेलामा विपन्न विद्यार्थीलाई आवश्यक न्यानो कपडा तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं ५ नम्बर का सदस्य शुकराम थिङ, विद्यालयका प्रधानाध्यापक करुणा विष्ट, अभियन्ता सन्जय लोप्चन, भुषण घलान, विद्यालय शिक्षक, अभिभावक लगायतको उपस्थितीमा विद्यार्थीलाई सामग्री वितरण गरिएको हो ।
रेडियो थाहासंचार हेटौंडा र अनलाइनपत्र डटकममा आबद्द लामाले आफ्नो पहलबाट विपन्न विद्यार्थीलाई अध्ययनमा सघाउ पुर्याउँन पाइएकोमा खुशी व्यक्त गरे । ‘ विपन्न विद्यार्थीको पीडामा थोरै भने पनि मल्हम लगाउँने प्रयत्न गरेका हौं । ’ संचारकर्मी लामाले भने, ‘आगामी दिनमा पनि विपन्न, आर्थिक अवस्था कमजोर भएर अध्ययनमा बाधा पुग्ने अवस्थाका विद्यार्थीलाई सकेको सहयोग गर्ने सोच छ ।’
लामाले मनकारीदाता अथवा समाजसेवीको खोजी गर्दै सहयोगको कार्यलाई निरन्तरता दिने बताए ।