प्रेमबहादुर पुलामी ‘छिन्तु’ भन्छन्, ‘ओलीको चुनाव घोषणा बेमौसमी बाजा !’

लोकखबर
११ माघ २०७७, आईतवार १७:४४

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका सचिव एवं बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ले संविधान सिध्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव घोषणा गर्नु बेमौसमी बाजा भएको टिप्पणी गरेका छन् ।

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचन्ड –माधव समूह नेतृत्वको नेकपाका नेता छिन्तुले हुँखाछँदाको प्रतिनिधीसभा विगठन गर्न संविधान च्यात्ने काम प्रधानमन्त्री ओलीबाट भएको बताउँदै आगाामी वैशाख १७ र २७ गतेका लागि तोकिएको चुनाव बेमौसमी बाजा बाहेक केही नभएको तर्क गरे । ‘पार्टीका नियम नीति नमानी मनपरी ढंगबाट चल्न नपाएको झोकमा संविधान विपरित प्रतिनिधी सभा विघठन गर्ने ओलीले घोषणा गरेको चुनाव असंवैधानिक हुन्छ ।’ नेता पुलामीले भने,‘पहिले ओलीले भत्काएको संविधानलाई सही ट्रयाकमा ल्याउँनुपर्छ । हुनै नसक्ने चुनावी बाजा बजाउने समय यो होइन ।’ ओलीका कारण नेपालमा कम्युनिष्टलाई हेर्ने जनताको नजर फरक हुनसक्ने भएकाले आफूहरु जनताको साथमा रहेको नेता पुलामीको भनाई । ओलीले गरेको असंवैधानिक कदमलाई कही कतैबाट पनि साथ दिन नहुने उनको भनाई छ ।

प्रचन्ड–माधव पक्षीय नेकपाका बागमती ६ का अध्यक्ष छेवाङ लामाको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा नेकपा बागमती प्रदेश कमिटी सदस्य एवं बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, पार्टी मकवानपुर जिल्ला कार्यालय सदस्यहरु बद्रीप्रसाद लम्साल, प्रमिला पुलामी, पार्टी जिल्ला सचिवालय सदस्य ज्ञानसागर लामा, बच्चु खड्का, आमन्त्रित जिल्ला सदस्य मंगल रखाल, पार्टी गाउँपालिका अध्यक्ष अरुण बल, निर्वाचित वडा अध्यक्ष ध्रुव थापा लगायतको आतिथ्यता थियो ।

वडास्तरिय अगुवा कार्यकर्ता भेलाबाट नेपाली कांग्रेसका किरण राई, प्रकाश राई,अंकित राई लगायत दश जनाले पार्टी परित्याग गरी प्रचन्ड–माधव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । देशमा जनताको पक्षमा क्रान्ति गर्ने पार्टी प्रचन्ड–माधव नेतृत्वको नेकपा भएकाले यही पार्टीप्रति आफूलाई भरोसा भएको भन्दै काग्रेंस पार्टीसंगको त्याग्दै नेकपा प्रवेश गरेको उनीहरुले बताए । जनताको असली कम्युनिष्ट पार्टीमा आबद्द भएकोमा बधाई दिदै पार्टीमा प्रवेश गरेकाहरुलाई नेता छिन्तुले स्वागत गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*