ओली कम्युनिस्ट पार्टी भित्रको ऐंजेरु : मुनु सिग्देल

लोकखबर
१४ माघ २०७७, बुधबार ०६:३२

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव–प्रचन्ड पक्षको बागमती गाउपालिका वार्ड नम्बर ३ मा वडा स्तरीय अगुवा नेता कार्यकर्ता भेला प्रशिक्षण भएको छ ।  भेलाका प्रमुख अतिथी पार्टी मकवानपुरका अध्यक्ष मुनु सिग्देलले प्रधानमन्त्री केपी शर्मा ओलीले नियतबस नै संविधानमाथि आक्रमण गरेको बताइन् । सिग्देलले ओलीले जनताका शत्रुहरुलाई खुशी पार्दै जनताको समृद्दिको सपनामाथि धोका दिएको आरोप लगाइन् । सिग्देलले भनिन्, ‘प्रधानमन्त्री ओलीले आफ्नो पद र स्वार्थका लागि पार्टी र प्रतिनिधिसभालाई दाउमा राख्ने काम गरे । ओली कम्युनिस्ट पार्टी भित्रको ऐंजेरु हुन् ।’ ओलीको अबको यात्रा ा सन्ध्या तिवारीको बाटो बाहेक अरु नहुने टिप्पणी गरिन् ।
नेकपा बागमती गाउपालिका पार्टी कार्यलय सदस्य एवम् वडाध्यक्ष बलबहादुर पाख्रीनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य एवं मकवानपुर जिल्ला संगठन विभाग सह–संयोजक कमानसिं पाख्रीन, जिल्ला कमिटी सदस्य सर्मिला बिक., दिल दोर्जे पाख्रीन, गाउपालिका पार्टी कमिटी अध्यक्ष अरुण बल, सचिवालय सदस्य एवं वडा कमिटी इन्चार्ज कर्साङसिं पाख्रीन, अशोक लामा, विष्णु तिमल्सिना, मुक्ति लामा, हरिमाया बज्यु , वडा सचिव जानुका दोङ, सुनील बज्यू लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*