‘कृषि तथा पर्यटन  प्रर्बद्दनका लागि मिडिया खाँचो ’

लोकखबर
१४ माघ २०७७, बुधबार ०८:४१

मकवानपुर । पालिका सन्चार प्रालिको आयोजना, मकवानपुरगढी पत्रकार समाजको संयोजन तथा मकवानपुरगढी गाउँपालिकाको सहयोगमा मकवानपुरगढीमा कृषि तथा पर्यटन प्रबद्र्धनमा मिडियाको भूमिकाबारे अभिमुखीकरण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले पालिकाको समृद्दिको आधार नै कृषि तथा पर्यटन भएको बताउँदै यसको विकासका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने बताए । ‘मिडियाले आवश्यक प्रचार–प्रसारका साथै खबरदारीले पालिकालाई समृद्दिको यात्रामा अगाडी बढ्न सघाउ पुग्छ । ’ अध्यक्ष हुमागाईंले भने,‘ मकवानपुरगढीमा कृषि तथा पर्यटन प्रर्बद्दन गर्न हामीहरु योजना सहित लागिपरेका छौं । ’ पालिकाका वडा वडामा अहिले विकासले फड्को मारिरहेको बताउँदै अध्यक्ष हुमागाईंले विकास तथा समृद्दिको पथमा मिडियाले साथ दिइरहेको उल्लेख गरे । पालिकामा भइरहेका विकासका कारण शहरमा घडेरी जोड्नुपर्छ भन्ने नागरिकको सोचलाई परिवर्तन गराउँने काम भइरहेको हुमागाईंले बताए ।

अभिमुखीकरणमा गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले पालिकाले गत तथा यस आर्थिक वर्ष पुस महिना सम्म कृषि क्षेत्रमा भए गरेको प्रगति तथा आगामी योजनाबारे कार्यपत्र प्रस्तुत गरे भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले पर्यटन प्रवद्र्धनमा पालिकाबाट भइरहेका कार्यबारेको कार्यपत्र सुनाए ।

मकवानपुरगढी पत्रकार समाजका अध्यक्ष सरिता दाहालको अध्यक्षतामा आयोजित अभिमुखीकरणमा वक्ताहरुले पालिकाले पत्रकारलाई जमघट गरी कृषि तथा पर्यटन प्रर्बद्दनमा भूमिका खेलेकोमा प्रशंशा व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रामकुमार एलन, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल,गढीगाउँपालिका प्रवक्ता तथा पालिकाका ३ नम्बर वडाध्यक्ष भागवत घिमिरे, राप्रपा गाउँकमिटी अध्यक्ष कृष्ण विडारी, कांगे्रस नेता अर्जुनप्रसाद दाहाल, प्रेस युनियन मकवानपुरमा अध्यक्ष तथा पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी लगायतले मकवानपुरगढी गाउँपालिकाले पालिकाको कृषि, पर्यटन विकासका लागि पत्रकारसंग छलफल गर्दै अघि बढ्नु सकारात्मक तथा उदाहरणीय कार्य भएकोमा जोड दिए । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवं बागमती प्रदेश सहसंयोजक सुनील खड्का, शिवकुमार काशी, प्रेस संगठन मकवानपुर अध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहाल, पत्रकार महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारी, लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

आयोजक पालिका सन्चार प्रा.लि.का प्रतिनिधी शिव चौलागाईंले स्वागत मन्तव्य व्यक्त गरेको अभिमुखीकरणमा मकवानपुरगढी पत्रकार समाज मकवानपुरका सचिव श्रीराम दाहालले सहजीकरण गरेका थिए ।

मकवानपुरगढी गाउँपालिकाका ३७ जना सक्रिय पत्रकार आबद्द रहेको पत्रकार समाज हालसालै गठन भएकाले पालिकाको विकास तथा समृद्दिका लागि पालिकासंग सहकार्य गर्दै आगामी दिनमा पनि आवश्यक विभिन्न कार्यक्रम गर्ने योजना रहेको समाजका कोषाध्यक्ष रेवतीप्रसाद तिमल्सिना (नवीन) ले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*