हजार तर्क गरेपनि ओलीको कदम असंवैधानिक : नेता पृथक

लोकखबर
१५ माघ २०७७, बिहीबार २०:१५

मकवानपुर । नेकपा बागमती गाउपालिका वार्ड नम्बर ९ मा वडा स्तरीय अगुवा नेता कार्यकर्ता भेला प्रशिक्षण भएको छ । भेलामा प्रमुख अतिथि जिल्ला पार्टी सचिवालय सदस्य एवं संगठन विभाग सह–संयोजक कमानसिं पाख्रीन (पृथक) ले प्रधानमन्त्री केपी शर्मा ओलीले हजार तर्क गरेपनि उनले चालेका कदम असंवैधानिक रहेको बताए । नेता पृथकले ओलीको कदम गणतन्त्रको विरुद्दमा रहेको बताउँदै देश तथा जनताको हित विपरितको कार्य भएकाले जनताले उनलाई माफ नगर्ने बताए ।

ओलीले चालेको अलोकतान्त्रिक, प्रतिगामी कदमले अराजकता निम्त्याएको पृथकले दाबी गरेका छन् । ‘ओलीको कार्य देश र जनतालाई गरिबमाथि झन गरिब बनाउनेतर्फ उन्मुख छ । ’ उनले भने,‘जनताले ओलीको कदमलाई मान्यता दिने छैन ।’

नेकपा बागमती ९ नम्बर वडा कमिटी इन्चार्ज क्षेत्र रानाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य सागर भोलन, जिल्ला कमिटी सदस्य मंगल रखाल, नेकपा बागमती गाउपालिका कमिटी सचिवालय सदस्य कुसल थिङ, इन्द्र थोकर , सदस्य खडक पुलामी, अशोक लामा, सुरेश तुम्सिङ मगर,सहिद परिवार भीम रखाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*