मौसम अपडेट :
बागमती प्रदेशमा आंशिक बदलीको पूर्वानुमान
मकवानपुर । बागमती प्रदेशको मौसममा आज (शनिबार) आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती सहित प्रदेश १ र गण्डकी प्रदेशको पनि पहाडी भूभागमा आंशिक बदली हुनेछ । यी प्रदेश बाहेक देशका अन्य भूभागमा सामान्यतया मौसम सफा रहने मौसमविदको भनाई छ ।
आज (शनिबार) बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
पहाडमा हिमपात तथा तराईका भूभागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदको आग्रह छ ।