नेकपा मकवानपुरका ७ जना साधारण सदस्य समेत नरहने गरी निस्कासित

लोकखबर
१७ माघ २०७७, शनिबार १८:०४

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुर प्रचन्ड-माधव पक्षले पार्टी अनुशासन विपरित लागेको भन्दै सात जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशित गरेको छ ।

पार्टीको आज बसेको सचिवालय बैठकले कार्यालय सदस्य एकालाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य लालबहादुर थापा, नगर सचिवालय सदस्य शालिकराम पुडासैनी, बोलबहादुर कार्की, कैलाश गाउँपालिका पार्टी अध्यक्ष बुद्दिबहादुर मुक्तान, राक्सिराङ गाउँपालिका पार्टी सचिव ओम स्याङतान र मनहरी गाउँपालिका पार्टी सचिव हेमलाल उप्रेतीलाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको हो ।

नेकपा जिल्ला सचिवालय सदस्य एवं जिल्ला संगठन विभाग सहसंयोजक कमानसिं पाख्रीन (पृथक) का अनुसार पार्टीमा रही विधी विधान विपरित लाग्दै पार्टी अनुशासन विपरित कार्य गरेको ठहर गर्दै सचिवालय बैठकबाट पार्टी विधानको धारा ५६ को उपधारा (क) को १,२,३ बमोजिम विभिन्न जिम्मेवारीमा रहेकाहरु कारवाहीमा परेका हुन् ।

पार्टी अनुशासन हित विपरित लागेकाले साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेकाको रिक्त स्थानमा सचिवालय बैठकले जिम्मेवारी समेत प्रदान गरेको छ । पार्टीका भीमफेदी गाउँपालिकामा अध्यक्ष प्रकाश पुडासैनी,राक्सिराङ गाउँपालिका सचिवमा ज्ञानेन्द्र थोकर, मनहरी गाउँपालिका सचिवमा नारायण श्रेष्ठ चयन गरिएको नेता पृथकले जानकारी दिए ।

पार्टी मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षता तथा पार्टी केन्द्रिय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विरोध खतिवडा, सहइन्चार्ज कुमारी मोक्तान, पार्टी बागमती प्रदेश सचिवालय सदस्य सदस्य एवं पार्टी मकवानपुर जिल्ला सचिव प्रेमबहादुर पुलामी छिन्तु, पार्टी प्रदेश सचिवालय सदस्य विष्णु विष्ट, पार्टी प्रदेश सदस्यहरु ओम घलान, सर्केश घलान लगायतको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*