सामुदायिक वनको समस्या समाधान गर्नुपर्छ : भारती पाठक

मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य भारती पाठकले सामुदायिक वनमा देखिएका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छिन् । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष पाठकले सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेकोमा धन्यवाद व्यक्त गरेकी छिन् । ‘हामीहरुको आन्दोलनका कारण कार्यविधी खारेज भएकाले अब अरु समस्या समाधानका लागि लाग्नुनपर्छ ।’ पाठकले भनिन् ।
उनले तीनै तहका सरकारले अहिले सामुदायिक वनमा देखिएका समस्या समाधान गर्नका लागि लागिपर्नुपर्ने बताइन् ।
अध्यक्ष पाठकले सामुदायिक वनमा रहेका ढलापढा, सुखाखडा, प्रकोपले ढलेका, बुढा तथा उमेर पुगेका रुखलाई कटान गरेर उपभोक्तालाई वितरण गर्नुनपर्ने बताइन् । अध्यक्ष पाठकले अहिले डिभीजन वन नै पिच्छे डिएओहरुले कानून देखाएर वनका उपभोक्तालाई तर्साउने काम गरेको बताइन् ।
पत्रकार भेटघाट कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका बागमती प्रदेश सदस्य रामहरी चौलागाईं, मकवानपुर अध्यक्ष साधुराम चौलागाईं, स्थानीय महासंघ हेटौँडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, रानी सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण विडारी, सुन्दर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल लामा लगायतको उपस्थिति थियो ।