खेल
हेटौंडा गोल्डकप फुटबलमा दुई खेल हुदै
मकवानपुर । मकवानपुरको हेटौंडामा जारी हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुने भएका छन् ।
आजको पहिलो खेल दिउशो १ बजे एफसी रियाले, काठमाडौं र सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेल दिउशो ३ बजे सर्लाही जिल्ला फुटबल संघ र आयोजक एफसी विजय युथ क्लब बिच हुने आयोजक विजय युथ क्लवले जनाएको छ ।
हेटौंडा १० मा रहेको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा माघ १६ गतेबाट जारी प्रतियोगितामा मकवानपुरका दुई सहित देशभरका विभिन्न दश टिमले भाग लिएका छन् । प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा राप्ती र दुधौली स्पोर्टस क्लब विजयी भएका थिए ।
यही माघ २३ गतेसम्म हुने प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक विजय युथ क्लवका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिए ।