नेकपा विभाजन

माधव प्रचण्ड समुहको दावी,‘सुर्य चिन्ह हाम्रो हो’

लोक खबर
२० माघ २०७७, मंगलवार १३:५१

हेटौंडा
माधव प्रचण्ड समुहका नेताहरुले नेपाल कम्युनिष्ट पाटी नेकपा को आधिकारीता दावी गरेका छन् । नेकपाका वरिष्ट नेता झलनाथ खनालले मंगलवार निर्वाचन आयोग पुगेर भने ‘दाबी प्रस्ताव गर्न दल ऐनको धारामा टेकेका छौं’। प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेको हो ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेका थिए । पुष ५मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे पछि नेकपा विभाजित भएको हो । ओली समूहले केन्द्रीय कमिटी विस्तार गर्दै त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्रचार गरेको थियो भने माधव प्रचण्ड समुहले ओलीलाई अध्यक्ष वाट हटाएर नेपाललाई अध्यक्ष वनाएको पत्र निर्वाचन आयोगमा वुझाएको थियो । आयोगले ११ माघमा दुबै पक्षको दाबीलाई अस्विकार गरेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*