लागुऔषध गाँजा नियन्त्रणमा

लोक खवर
२० माघ २०७७, मंगलवार १४:०५

हेटौंडा
प्रहरीले नेवारपानी वाट ११ केजी गाँजा नियन्त्रणमा लिएको छ । मनहरी वाट हेटौंडा आउदै गरेको ना२ ह ४१०९ नम्वरको आटोमा लुकाई हेटौ्रडा ल्याउदै गरेको अवस्थामा सो परिमाणको गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक इन्द्र वहादुर रानाले जानकारी दिए ।

गाँजा ओसारपसारमा संम्लग्न भएको भन्दै प्रहरीले अटो चालक पर्साको सखुवा पर्साैनी २का राजेन्द्र वहादुर दमाईलाई समेत नियन्त्रणमा लिएको छ । गाँजा सहित नियन्त्रणमा लिएका दमाईको साथवाट भारतिय रुपयाँ २हजार ५ सय र नेपाली रुपयाँ ६७हजार समेत नियन्त्रणमा लिइएको रानाले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*