परिक्षार्थी भन्छन‘ कोठा पाउन मुस्किल’
हेटौंडा
लोक सेवा आयोग वागमती प्रदेशको परिक्षामा सहभागी हुन आएका डडेल्धुराका डम्वर दत्त जोशीलाई हेटौंडामा वस्ने कोठा पाउन मुस्किल भयो । परिक्षा सन्चालन हुनु दुई दिन अघि नै वागमती प्रदेशकोे राजधानी आइपुगेका उनलाई वास्ने कोठा नपाउदा थप समस्या प¥यो । उनले भने ‘सवै होटल व्याक रहेछन् सामान्य कोठाको नि महगो रकम तिर्न वाध्य पारियो’।

लोकसेवा आयोग वागमती प्रदेश कार्यालय हेटौंडामा प्रवेश पत्र लिन भेला भएका विद्यार्थी
जोशी कै जस्तो भुक्तमान खेप्नु प¥यो सल्यान कि सविता ठाकुर थापालाई ।‘ कोठा नै नपाइने समस्या त्यसमाथी महिलालाई झन तनाव’उनले भनिन् होटलमा भएका कोठामा दुखका साथ वस्नु परेको छ कोठा भाडा पनि महगो रहेछ’ ।

लोकसेवा आयोगको परिक्षा दिन आएका विद्यार्थीको भिड वडेसंगै हेटौंडाका होटलहरु भरिभराउ भएका छन् । वागमती प्रदेशका विभिन्न स्थानियतहमा चौथो तहका प्राविधिकका पदपुर्तीका लागी परिक्षा संन्चालन भएको हो । माध २० गते वाट सुरु भएको परिक्षा २५ गते सम्म विभिन्न समुहका परिक्षा सन्चालन हुदै छन् । परिक्षामा सहभागी हुन देशैभरका परिक्षार्थी हेटौडा आइपुगेका हुन् ।
हेटौंडाका सवै होटल र गेष्ट हाउस भरिएका छन् । एउटा कोठाको २हजार देखि ३हजार सम्म होटल व्यावसायीले असुलिरहेका परिक्षा दिन आएकाहरु वताउछन् । एउटै कोठामा ५ जना सम्म पनि वस्न वाध्य भएको परिक्षार्थीको भनाई छ ।
होटल व्यावसायीले आफै प्रयोग गर्दै आएका कोठा समेत परिक्षार्थीलाई दिइएको होटल व्यावसायी वताउछन् । यती धेरै विद्यार्थी पहिलो पटक हेटौंडामा भेला भएकाले पनि कोठा कम भएका होटल व्यावसायी वताउछन् ।
चौथो तहको अमिन,असिस्टेन सव इन्जीनियर, भेटरिनरी जेटीए,कृषी जेटीएको परिक्षा केन्द्र हेटौ्रडाका विभिन्न विद्यालय र क्याम्पसमा तोकिएको छ ।











































