मखमल तथा ढाकाको जुत्ता बनाउने तालिम सकियो

लोकखबर
५ फाल्गुन २०७७, बुधबार १९:१०

मकवानपुर । हेटौंडा उमपहानगरपालिका वडा नम्बर १ मा संचालित मखमल तथा ढाकाको जुत्ता बनाउँने तालिम आज समापन गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय, हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ कार्यालयको समन्वय संचालित एक महिने तालिम समापन गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेको अध्यक्षता तथा उपमहानगरपालिकाकी उप प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा तालिम समापन गरिएको हो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका जगन्नाथ दाहालको विशेष आतिथ्य, वडा सदस्यहरु इश्वरी रसाइली, बेगम बराल, टोल विकास नगर समन्वय समितिका सदस्य जुना मल्ल श्रेष्ठ, ज्ञानेन्द्र कार्कीको आतिथ्यता रहेको थियो ।
तालिममा रविना बानियाले प्रशिक्षण प्रदान गरेकी थिइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*