रेडियो थाहाको वार्षिकोत्सव : सप्ताहव्यापी कार्यक्रमको पाँचौ दिन बक्तृत्वकला

लोकखबर
५ फाल्गुन २०७७, बुधबार २०:१६

मकवानपुर । रेडियो थाहा सन्चार ९९ दशमलव ६ एफएम हेटौंडाको तेह्रौं वार्षिकोत्सवको पाँचौ दिन बुधबार (आज) सवारी दुर्घटना न्यूनिकरण, कानूनी व्यवस्था र नागरिकको दायित्व विषयक माविस्तरिय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । ‘सवारी दुर्घटना, न्यूनिकरण, कानूनी व्यवस्था र नागरिकको दायित्व’ विषयक माविस्तरिय वक्तृत्वकला प्रतियोगिता भएको हो ।

प्रतियोगितामा हेटौंडा उपमहानगरका विभिन्न १४ वटा विद्यालयले भाग लिएका थिए । प्रतियोगितामा सिद्दार्थ माविका सर्वज्ञरत्न खतिवडा प्रथम, निर्मल माविकी सपना बर्तौला द्वित्तिय र हेटौंडा एकेडेमीकी श्रमिका कँडेल तृतीय भएका छन् । प्रथम हुनेलाई नगद पाँच हजार, द्वितीय हुनेलाई नगद तीन हजार र तृतीय हुनेलाई दुई हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको छ ।

रेडियोको स्टेशन म्यानेजर मणिराज गौतमको अध्यक्षता, नारायणी यातायात कम्पनी प्रालिका अध्यक्ष हिरालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी सहायक निरिक्षक दयाराम गौतम, नारायणी संघ हेटौंडाका महासचिव सरोज खनाल,प्रुडेन्सियल इन्सुरेन्स टौंडाका अर्जुन सुवेदीले प्रतियोगितामा निणार्यकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगीतामा मकवानपुर बालविद्या सदन, बालजागृती मावि, सिद्वार्थ मावि, अमर मावि, भुटनदेवी मावि, बुद्व मावि, हेटौंडा एकेडेमी, श्री त्रिभुवन नमुना मावि, निर्मल मावि बस्तीपुर , प्रगति मावि, नवोदय मावि,जनज्योती मावि, चन्द्रोदय मावि र तुलसीमेहर मेमोरियल एकेडेमीले भाग लिएका हुन् ।

विन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियोले सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन फागुन १ गते साइकल र्‍याली तथा मकवानपुरगढी गाउँपालिकाको बालमैत्री अभियानबारे अन्तरक्रिया, दोस्रो दिन फागुन २ गते सामुदायिक थाहा विकास भवन हस्तान्तरण र रुपचन्द्र विष्ट र थाहा आन्दोलनको मर्म विषयक अन्तरक्रिया, तेस्रो दिन फागुन ३ गते रक्तदान, चौथो दिन हिजो मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेमा व्यवसायिक माछापालन प्रबर्द्दनमा मनहरी गाउँपालिकाको भूमिका विषयक अन्तरक्रिया गरिएको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत छैठौं दिन विहीबार (भोलि) फागुन ६ गते हेटौंडा भेट्रान्स र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल आयोजना हुनेछ भने फागुन ७ गते बार्षिकोत्सव समापन समारोहमा थाहा वर्षसम्मान प्रदान गरिने स्टेशन म्यानेजर गौतमले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*