पूर्व रानी कोमल शाहको जन्मदिन झापामा मनाउने तयारी

लोकखबर
५ फाल्गुन २०७७, बुधबार २०:२५

 झापा ।पूर्व रानी कोमल शाहको जन्मदिन झापामा मनाउने तयारी भएको छ । बिहिबार(भोली) होटल क्राउन प्लाजामा पूर्व रानीको जन्मदिन मनाउने तयारी भएको हो ।पूर्व राजा ज्ञानेन्द्र शाह झापामा छन् । उनी आइतबार झापा आइपुगेका हुन् । जन्मदिन मनाउन पूर्व युवराज्ञी हिमानी शाह, पूर्व नवयुवराज हृदयन्द्र शाह पनि झापा आउने बताइएको छ । पूर्व युवराज पारस शाह पनि आमाको जन्मदिन मनाउन सहभागी हुने भएका छन् । पूर्व रानीको जन्मदिनमा पूर्व राजपरिवारका सदस्य र आफन्त गरी काठमाडौंबाट झापा आउने भएका छन् । ।पूर्व रानीको जन्मदिन मनाएपछि पनि ज्ञानेन्द्र शाह र कोमल शाह केही दिन झापामै रहने जानइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*