पत्रकार महासंघ मकवानपुर सम्मानित
मकवानपुर । नेपाल पत्रकार पत्रकार महासंघले,महासंघ मकवानपुर शाखालाई आज (बुधबार)सम्मान गरेको छ । महासंघको २६ औं अधिवेसनका अवसरमा मकवानपुर शाखालाई सम्मान गरेको हो ।
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई सम्मानपत्र प्रदान गरे । महासंघको बागमती प्रदेश समिति, जिल्ला शाखाहरु दोलखा, सिन्धुपाल्चोक, रामेछाप शाखालाई पनि सम्मान गरिएको छ । महासंघले देशैभरी उत्कृष्ट काम गर्ने पत्रकारलाई पुरस्कृत र राम्रो काम गर्ने जिल्ला शाखाहरुलाई सम्मान गरेको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरिप्रसाद हुमागाईंले जानकारी दिए ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारको ध्यानाकर्षण गरे । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न र साना लगानीको सञ्चारमाध्यमहरुको उठानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उपराष्ट्रपति पुनले पत्रकारिताको विश्वसनीयता बारे प्रश्न उठ्न थालेको पनि बताए । सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियता लगायतका विषयमा सञ्चार क्षेत्रले ध्यान दिनुपर्ने कुरा संविधानमै उल्लेख भएको बताउँदै उनले पत्रकार आचारसंहिता समेत रहेको अवस्थामा कानुनहरु प्रेसमैत्री बनाउन पनि ध्यानाकर्षण गराए ।