मनिला विष्टले जितिन् मुद्दा,उपाध्यक्षमा पुनर्वहाली

लोकखबर
५ फाल्गुन २०७७, बुधबार २१:२९

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको उपाध्यक्ष पद पुनर्वहाली भएको छ ।
उपाध्यक्ष विष्टले राजिनामा दिएकाले स्वीकृत गरिएको निर्णय पालिकाले गरेपछि आफू अन्यायमा परेको भन्दै विष्टले उच्च अदालत पाटन, इजलाशमा रिट निवेदन दायर गरेकी थिइन् ।

विष्टको निवेदन आज फैशला गर्दै अदालतले पालिकाका नाममा उपाध्यक्षको हैसियतमा काम गर्न दिनु भन्ने परमादेश जारी गरेको हो । गत पुष १७ गते पालिकामा दर्ता भएको भनिएको राजिनामा बदर गरी उपाध्यक्ष पदमा काम गर्न पाउँ भनि विष्टले हालेको रिटमा न्यायधिशहरु मोहम्मद साविर हुसेन र चण्डिराज ढकालको इजलाशले राजिनामा बदर गर्दै काम उपाध्यक्षको हैसियतमा काम गर्न दिनु भन्ने आदेश दिएको हो ।
उपाध्यक्ष विष्टको तर्फबाट अधिबक्ताहरु मदनकुमार दाहाल, अमृत लामा, सुशील पोखरेल र शिवप्रसाद बन्जाराले बहस गरेका थिए भने विपक्षमा पालिकाका तर्फबाट अधिबक्ताहरु एकराज बास्तोला, मुकुन्दप्रसाद अधिकारी, ध्रुवप्रसाद चौलागाईं र युवराज ओलीले बहस गरेका थिए ।

मुद्दा जितेपछि विष्टले सत्यको जीत भएको बताउँदै केही दिनमा आफू पालिकाको नियमित काममा सहभागी हुने बताइन् । ‘मैले राजिनामा दिएकै थिइन् भन्ने अदालतको फैसलाले पुष्टि गर्‍यो ।’ विष्टले भनिन्,‘सत्यको जीत भएको छ । केही दिनमा पालिकाको नियमित काममा फर्कनेछु। ’

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*