मङ्गल अभियानमा नासाले रच्यो नयाँ इतिहास

लोकखबर
७ फाल्गुन २०७७, शुक्रबार ११:१३

मकवानपुर । अमेरिकी स्पेस एजेन्सी (नासा) को मङ्गल अभियान सफलतासाथ सम्पन्न भएको छ । शुक्रवार राति यस अभियानको ‘पर्सिवरेन्स मार्स रोवर’  ले मङ्गलमा ल्याण्ड गरेको हो । रोवरले ल्याण्ड गरेपछि पठाएको सन्देश आई पुग्नसाथ परियोजनामा संलग्न व्यक्तिले ताली बजाएर खुशी प्रकट गरेका थिए । रोवरको यस ल्यान्डिङले नासाको दस वर्षको मेहनत सफल भएको छ । रोवरले नेपाली समय अनुसार शुक्रवार राति २ बजेर ४० मिनेटमा मङ्गल सतहमा अवतरण गरेको थियो ।

नासाको यस मङ्गल अभियानको उद्देश्य मङ्गलमा जीवनको सम्भावना खोज्नु रहेको छ । पर्सिवरेन्स मार्स रोवरले मङ्गल ग्रहको अप्ठेरो स्थान जेजेरो क्रेटर ९व्भशभचय ऋचबतभच० मा अवतरण गरेको छ । वैज्ञानिकहरुका अनुसार मङ्गलको यस ठाउँमा अर्बौं वर्ष पहिला एउटा नदी बग्दथ्यो । मङ्गल ग्रहको बदलिएको वातावरण र पर्यावरणले त्यो नदी सुकेर डेल्टामा परिणत भयो । वैज्ञानिकहरुलाई विश्वास छ, यस डेल्टाका वरिपरी जीवनका जीवाश्म भेटिन सकिन्छ ।

अत्याधुनिक वैज्ञानिक उपकरणजडित पर्सिवरेन्स रोवरले मङ्गलको यस स्थानमा खनेर–खोस्रेर सुक्ष्म जीवनबारे अनुसन्धान गर्नेछ । ६ पांग्रा भएको पर्सिवरेन्स रोवर न्यूक्लियर शक्तिबाट संचालित हुने रोवर हो । यस अभियानको प्रमुख उद्देश्यमा मङ्गल ग्रहमा भविष्यमा मानव बस्ती बसाउने सम्भावना छ कि छैन भनेर अध्ययन गर्नु पनि रहेको छ ।नासाको यो अभियान निकै चुनौतीपूर्ण थियो । पहिलो, नासाले यस अभियानको रोवर अवतरणका लागि विकट स्थान जेजेरो क्रेटरलाई अवततरणस्थल बनाएको थियो र दोस्रो, यसपटकको रोवरको भार एक टनभन्दा बढी रहेको थियो ।

नासालाई थाहा थियो अवतरणका क्रममा अन्तिमका सात मिनेट अत्यन्त महत्त्वपूर्ण हुनेछ । नासाले यी सात मिनेटका लागि अनेको पटक रिहर्सल गरेको थियो । जति रिहर्सल गरे पनि, जति उन्नत प्रविधि भए पनि यदी अन्तिम सात मिनेटमा अवतरण गर्ने क्रममा कुनै व्यवधान आएको भए नासासँग केही गर्न सक्ने कुनै उपाय थिएन । नासाले उपाय स्वरुप पठाएका कमाण्ड रोवरसम्म पुग्नु अगावै रोवर मङ्गलमा बजारिएर नष्ट हुन पुग्थ्यो । कारण पृथ्वीबाट पठाएको कमाण्ड पुग्न ११ मिनेटको समय लाग्थ्यो, त्योभन्दा धेरै अगाडि रोवर मङ्गलमा बजारिन पुग्थ्यो ।

तर सौभाग्यवस रोवरलाई अवतरण गर्ने क्रममा कुनै अप्ठेरो स्थितिको सामना गर्नुपरेन । यसलाई कृतिम बौद्धिकता ९आर्टिफिसियल इन्टिेलिजेन्स० कै कमाल भन्नु पर्छ । यो रोवर आउदो दस वर्षसम्म काम गरी रहनेछ । यसले मङ्गलबाट पृथ्वीस्थित नियन्त्रण कक्षलाई अनेक किसिमका जानकारी पठाइरहनेछ । यसले पठाएका सन्देश ९फोटोलाई पृथ्वीमा आइपुग्न झण्डै ११ प्लस मिनेटको समय लाग्नेछ ।

नासाको पृथ्वीस्थित नियन्त्रण कक्ष र रोवरका बीचको दूरी प्रत्येक दिन बदली रहन्छ अर्थात रोवर पर्सिवरेन्सले पठाएका सन्देश पृथ्वीमा आइपुग्न लाग्ने समय बदली रहनेछ । दुबै बीच दूरी बढ्ने क्रममा दूरी बढेर ४० करोड किमीसम्म हुन पुग्नेछ । दूरी बढ्दै जादा रोवरले पठाएका सन्देश नियन्त्रण कक्षसम्म आइपुग्न समय थपिदै जानेछ । रेडियो सन्देशले प्रकाशको गति बराबरी २९९७९२।४५७ किमीप्रति सेकेण्डले गति लिने गर्छ । दूरी ४० करोड पुग्दा रोवरले पठाएका सन्देश पृथ्वीमा आइपुग्न २२ मिनेटको समय लाग्नेछ ।

रातोपार्टी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*