विघठन बदरको खुशीयालीमा हेटौंडामा दीपावली

लोकखबर
१२ फाल्गुन २०७७, बुधबार ०६:२३

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधीसभा विघठनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि मकवानपुरमा खुशी मनाइएको छ ।
सर्वोच्चले प्रधानमन्त्री ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको विघठनको निर्णय बदर भएको खुशीयालीमा मंगलबार साँझ हेटौंडामा दीप प्रज्वलन गरिएको हो ।
सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै ओलीको कदमलाई असंवैधानिक भनेपछि देशका विभिन्न ठाउँमा खुशी मनाइरहँदा हेटौंडामा पनि दीपावली गरिएको हो । हेटौंडाको बुद्दचोकमा भेला भएका नागरिकले मुलुकलाई प्रतिगमनबाट जोगाएको भन्दै आपसमा खुशी साटासाट गरे ।
नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीको नेतृत्वमा दीप प्रज्वलन गरिएको हो ।
प्रतिनिधीसभा पुनस्थापना भएको अवसरमा आज फागुन १२ गते बुधबार, हेटौंडामा विजय उत्सव र्‍याली तथा सभा हुनेभएको छ ।
नेकपा मकवानपुर (प्रचन्ड-माधव) पक्षको आव्हानमा दिउशो १ बजे हेटौंडाको भुटनदेवी माविको प्राङ्गणमा सभा हुने भएको हो । जनताको जीत भएको भन्दै खुशीयालीमा आयोजना गरिने र्‍याली तथा सभामा उपस्थितीका लागि पार्टीले सबैमा आव्हान गरेको छ । ‘दिउशो १ बजे नेकपा मकवानपुरको र्‍याली सहितको कार्यक्रममा उपस्थितीका लागि अनुरोध छ ।’ नेकपा मकवानपुर अध्यक्ष सिग्देलले भेनेकी छिन् ।
पार्टी मकवानपुरका सचिव प्रेमबहादुर छिन्तुले पनि सामाजिक सन्जाल फेशबुकमा आज दिउशो हुने विजयोत्सवमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*