हेटौंडामा प्रेस सङ्गठनको बागमती प्रदेशस्तरिय भेला

लोकखबर
२०७७ फाल्गुन १६, आईतवार १०:४२

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रेस सङ्गठन नेपाल बागमती प्रदेशको प्रदेशस्तरिय भेला भोली फागुन १७ गते सोमबार हुने भएको छ ।
सङ्गठनका बागमती इन्चार्ज रामकुमार एलनका अनुसार भेलाको आवश्यक तयारी पूरा भएको छ ।

प्रचन्ड–माधव पक्षीय नेकपा निकट सङ्गठनको प्रादेशिक भेलामा पार्टीका स्थायी कमिटी सदस्य तथा प्रेस सङ्गठन नेपालका इन्चार्ज योगेश भट्टराई, पे्रस सङ्गठन नेपालका केन्द्रिय संयोजक महेश्वर दाहाललगायतले सम्बोधन गर्ने तयारी रहेको जनाइएको छ ।

भेलामा प्रदेशको १० जिल्लाका प्रेस सङ्गठनमा आवद्ध एक सयभन्दा बढीका पत्रकारहरुको सहभागिता रहने सङ्गठनका बागमती प्रदेश समिति संयोजक सुनील खड्काले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको