ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

लोकखबर
१८ फाल्गुन २०७७, मंगलवार १२:४५

मकवानपुर । ताप्लेजुङको दोभान बजार क्षेत्रमा भीषण आगलागी भएको छ।

तमोर नदीको किनारमा ताप्लेजुङको पुरानो बजार दोभानमा आज बिहान आगलागी भएको हो। आगो अझैं धेरै हदसम्म नियन्त्रणमा आएको र केहीबेरमा पुरै नियन्त्रणमा आइसक्ने प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए।

आगलागी ४० देखि ५० घर जलेर पूर्णरुपमा क्षति भएको प्रारम्भिक अनुमान छ। ‘आगो पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले कति घर भनेर एकिन गर्न सकिने अवस्था छैन तर स्थानीयका अनुसार ४०–५० घर पूर्णरुपमा जलेका छन्।’ प्रमुख जिल्ला अधिकारी चापागाईँले भने। ‘आगलागीबाट के कति क्षति भयो भन्ने अनुमान गर्न सकिएको छैन तर मानवीय क्षति भने भएको छैन्।’

बिहान ९ बजेबाट सुरु भएको आगो दमकल, स्थानीय नागरिक तथा सुरक्षाकर्मीहरुको सहयोगमा नियन्त्रणमा लिने काम भइरहेको छ। थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*