बागमती प्रदेश सरकारका कर्मचारी घुस सहित पक्राउ

लोकखबर
२१ फाल्गुन २०७७, शुक्रबार १८:००

मकवानपुर । बागमती प्रदेश सरकारको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजनामा कार्यरत एक कर्मचारी ५० हजार घुस रकम सहित आज रङ्गेहात पक्राउ परेका छन् ।

आयोजनामा कार्यरत सव इन्जिनियर नेत्रप्रसाद लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले हेटौंडाबाट घुस सहित पक्राउ गरेको हो ।

धादिङ जिल्लाको खनियाँवासमा आव २०७५/०७६ मा निर्माण गरिएको पर्यटन पदमार्गको धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम लिन थालेको सूचना अख्तियारको टोलीले थाहा पाई पक्राउ गरेको हो ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सव इन्जिनियरलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका लामिछानेलाई आवश्यक अनुसन्धानको लागि अख्तियारको टोेलीले हेटौंडाबाट काठमाडौं लगेको छ ।

चितवनको माडी नगरपालिका स्थायी घर भएका ४० वर्षिय लामिछाने एक वर्ष देखि पर्यटन विकास आयोजनाका कार्यरत थिए । उनको कार्यक्षेत्र बागमती प्रदेशको धादिङ, चितवन, रसुवा र नुवाकोट रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*