महिलाहिंसा अन्त्यको लागि पुरुष पदयात्रा

लोकखबर
२४ फाल्गुन २०७७, सोमबार २१:०९

मकवानपुर । सोमबार १११ औ अन्र्तराट्रिय महिला दिवसको अवसरमा लैंगिक समानताको लागि पुरुष सहभागिता सन्जाल नेपालको आयोजना र मानवअधिकार संरक्षण तथा मानव वेचविखन विरुद्दको सन्जालका साथै स्थानीय संघसंस्थाहरुको समन्वय र सहकार्यमा पुरुष पदयात्रा गरिएको छ ।

लैङ्गिक समानता तथा मानव अधिकारको क्षेत्रमा कृयाशील संघसस्थाको पुरुष प्रतिनिधीहरुको सहभागिता रहेको उक्त र्याली हेटौडाको सितलमहल चोकबाट सुरु भई कपुर कम्प्लेक्स, मेनरोड हुदै बुद्दचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
मेन ईन्गेज एलायन्सको केन्द्रिय परिषदका सदस्य प्रकाश खतिवडाको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठको आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा ईन्सेकका बागमती प्रदेश संयोजक कृष्ण गौतम, यौनिक तथा लैंगिक अल्प संख्यक सन्जालका किरण थापा, हामी दाजुभाइका अध्यक्ष सन्जोग ठकुरी, ग्रामिण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दीप न्यौपाने, नारी सीप सृजना केन्द्रकी अध्यक्ष सरस्वती बर्तौला, सिविन नेपालका कार्यक्रम संयोजक झविन्द्र ज्ञवाली लगायतले महिलामाथि हुने हिंसाकोबिरुद्द तथा लैगिंक समानताको लागि पुरुषको भूमिकाको महत्वका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा जुनेली श्रेष्ठले मेन ईंगेज एलाएन्स मकवानपुरशाखाको गठनको बारेमा उद्घोष गर्दै लैगिंक समानताको लागि पुरुषको भूमिका अपरिहार्य भएको बताए ।

कार्यक्रममार्फत कमल फुयाल, चिरन्जीवि पौडेल, कुमारी वाईवा, किरण थापा, जमुना तितुङ निशा लामा, सुरेश श्रेष्ठ, राम मिजार, दिगम्बर रुपाचा र बुद्ध लामा सहितको तेह्र सदस्य रहने गरी मेन इन्गेज एलायन्स जिल्ला कार्य समिति मकवानपुर गठन भएको छ ।

कोणसभालाई सम्बोधन गर्दै नवगठित सन्जालका अध्यक्ष खतिवडाले लैंगिक समानताको लागि पुरुष सहभागिताको अभियानमा एकजुट हुनको लागि आव्हान गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*