लैङ्गिक हिंसा अन्त्य र लैङ्गिक समानताका लागि स्थानीय जनप्रतिनिधिसंग अन्तरक्रिया

लोकखबर
२९ फाल्गुन २०७७, शनिबार ०६:५०

मकवानपुर । लैङ्गिक समानताको लागि पुरुष सहभागिता सन्जाल मकवानपुरले लैगिंक हिंसा अन्त्य र लैङ्गिक समानताको लागि स्थानिय जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गरेको छ । हेटौडामा आयोजित कार्यक्रममा मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका, बागमती गाउपालिका र राक्सीराङ गाउपालिकाको जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

लैङ्गिक समानताको लागि पुरुष सहभागिता सन्जाल मकवानपुरका संयोजक प्रकाश खतिवडाको अध्यक्षतामा नारी सीप सृजना केन्द्रमा भएको कार्यक्रममा मेन ईगेज एलायन्सले सामाजिक न्यायको वकालत गर्दै महिलालाई अग्रभागमा राखेर महिलाको हिंसा अन्त्य तथा संविधानमा उल्लेखित महिला अधिकार स्थापितका लागि कृयाशील हुने कार्य गर्ने बताएका छन् ।

यसका साथै यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकार स्थापित, अपाङ्गता भएकाहरुको समाजिक सुरक्षाको प्रत्याभूती दिलाउन र तमाम लैङ्गिक असमानता हटाउन स्थानीय सरकार सन्चालन ऐन अनुरुप पालिकाले गर्नसक्ने भूमिकाको बारेमा बताउँदै लोकतान्त्रिक नेपालमा वडा पालिकाका जनप्रतिनिधिहरुको कर्तब्यको बारेमा बोध समेत गराएका थिए ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारमा कार्यरत फ्रेन्ड्स हेटौडाका प्रतिनिधि एवं एलायन्सका सदस्य किरण थापाले यौनिक तथा लैङ्गिक अल्पसंख्यकले भोगिरहेको अपमान र हेलाका साथै बिभिन्न समस्याहरुबाट ग्रसित हुदै स्थिति भयावह हुदै गएकोले सरकारले बेलैमा समाधान गर्न आग्रह गरेका थिए ।

नारी सीप सृजना केन्द्रका कार्यकारी निर्देशक एवं एलायन्सका सदस्य चिरन्जीवि पौडेलले लैङ्गिक समानताको लागि पुरुष सहभागिताको औचित्यको बारेमा, पत्रकार एवं एलायन्सका सदस्य सुरेश श्रेष्टले लैङ्गिक समानताको लागि पत्रकारले गर्नसक्ने योगदानको चर्चा गरेका थिए । यसैगरी एस्थर बेन्जामिनका प्रतिनिधि एवं एलायन्सका सदस्य बुद्द लामाले सिमान्तकृत किशोरिहरुको शिक्षाको अबस्था खस्कीरहेको अबस्थाको बारेमा चित्रण गरेका थिए ।
कार्यक्रममा राक्सिराङ गाउँपालिकाको सदस्य सुरेश घलान, बागमती गाउँपालिकाका सदस्य मठु पुलामी मगर, मकवानपुरगढी गाउँपालिकाका सदस्य गणेशमान गोले न्यायिक समतिका अधिवक्ता रामशरण लामिछाने, हेटौडा ६ कार्यपालिकाको सदस्य कल्पना विश्वकर्मा लगायतले अब पालिका पालिकाहरुले लैङ्गिक समानता र सामाजिक न्यायको लागि मिहिन ढंगले लाग्नुपर्ने औल्याउदै यसतर्फ पालिकाको कार्ययोजना र बजेट विनियोजन गर्न कृयाशील हुने प्रतिबद्दता जाहेर गरेका थिए ।

नारी सीप सृजना केन्द्रकी अध्यक्ष सरस्वती बर्तौलाले लैङ्गिक समानताको लागि सन्जाल गठन हुनु र सन्जालले कार्य प्रारम्भ गर्नु सकारात्मक कार्य भएकोले संस्थाले सन्जाललाई कार्यक्रम संचालन र अन्य सहयोग, समन्वय र सहकार्य गर्ने बारे बताउँदै गाउँस्तरमा नै चेतना जागृत गर्नुपर्ने औल्याएका थिए । कार्यक्रममा महिल जाजागरण समुहनगर सदस्य दुर्गा नेपाल, राधिका चौलागाईं लगायतको उपस्थिति थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*