स्थानीय तह सहिद स्मृति गोल्डकप : आज बागमती र एपीएफबीच खेल

लोकखबर
१ चैत्र २०७७, आईतवार ०७:५१

मकवानपुर । मकवानपुरको हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आज (आइतबार) बागमती युवा क्लब, सर्लाही र विभागीय टोली नेपाल एपिएफ बिच हुदैछ ।

वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा दिउशो २ बजेपछि प्रतिष्पर्धा सुरु हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

प्रतियोगिता अन्तटर्गत शनिबार (हिजो)को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरमा पराजित गर्दै संकटा क्लब विजयी भएको थियो । जितसंगै संकटा क्लव प्रतियोगिताको सेमीफाइनमा प्रवेश गरेको छ । संकटाको जितका लागि विदेशी खेलाडी अकेइ कोलुले गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच संकटाका मिडफिल्डर नितिन थापा घोषित भए । उनले नगद १० हजार पुरस्कार प्राप्त गरे ।

यही चैत ७ गतेसम्म हुने प्रतियोगिताका लागि प्रतियोगितामा मकवानपुरका १० वटै स्थानीय तहले प्रायोजन गरेका हुन् ।

प्रतियोगितामा विजेताले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा विदेशी सहित दश वटा टिमले भाग लिएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*