बलात्कारको झुटो आरोप लगाउने महिलालाई ३ वर्ष ६ महिना कैद सजाय

मकवानपुर । बलात्कारको झुटो आरोप लगाई एक युवकलाई जेल पठाउन खोज्ने एक महिला आफैं जेल जानुपर्ने फैसला अदालतले सुनाएको छ ।
जिल्ला अदालत सुर्खेतले बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्र नगरकी ३७ वर्षीया महिलालाई ३ वर्ष ६ महिना कैद सजाय फैसला गरेको हो ।
सजाय पाउने महिलाले वीरेन्द्र नगर नगरपालिकाको लेखाशाखामा कार्यरत एक कर्मचारीले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै गत असोजमा प्रहरीमा उजुरी दिएकी थिइन् ।
प्रहरीमा आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिने महिलाले बयानको क्रममा अदालतमा आफूले झुट आरोप लगाएको भनेपछि उल्टै उनी दोषी ठहर भएकी हुन् ।