बालुवाटारमा एमाले नेताहरुको चियापान, माधव पक्ष नजाने

लोकखबर
३ चैत्र २०७७, मंगलवार १२:००

मकवानपुर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुलाई आज चियापानका लागि बालुवाटारमा बोलाएका छन् ।
पार्टी पहिलेकै अवस्थामा फर्किएको सन्दर्भमा केन्द्रीय कमिटीको ७ गतेको बैठकअघि सदस्यहरुलाई चियापानका लागि बोलाइएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा चियापानको तयारी भइसकेको छ । तर माधव नेपाल पक्षले चियापान बहिस्कार गर्ने भएको छ । सोही समयमा वामदेव गौतम पक्षले पनि आफ्नो एकता अभियानको बैठक बोलाएको छ ।
माधव नेपाल पक्षले फागुन २८ गतेको निर्णय बदर हुनुपर्ने माग गरेको छ । तर अध्यक्ष ओलीले ती सबै विषय केन्द्रीय कमिटी बैठकमा छलफल गरिने भन्दै नेपाल पक्षको शर्त अस्वीकार गरेका छन् ।नेपाल प्रेस डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*