भीमफेदीका युवकको चन्द्रागिरीमा टिपर दुर्घटनामा मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका एक युवाको काठमाडौं चन्द्रागिरीमा टिपर दुर्घटनामा परी मृत्यु भएको छ।
चन्द्रागिरी–२ मसिने भिरमा ग्राबेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ५९९ नम्बरको टिपर सडकबाट ६ सय मिटर तल खसेर दुर्घटना हुँदा भीमफेदी गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय विनोद बलको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।