प्रतिनिधिसभामा शोक प्रस्ताव पारित, चैत ६ मा अर्को बैठक

लोकखबर
२०७७ चैत्र ३, मंगलवार १४:०७

मकवानपुर । प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
मंगलबार बसेको बैठकले यादवको निधनमा दुःख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको हो। यादव २०७० सालको संविधानसभा सदस्य निर्र्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। पूर्वखानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका यादवको ७५ वर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो।
शोक प्रस्ताव पारित गर्नुअघि सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदरु डिला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराएका थिए।
प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते अपराह्न १ बजेका लागि बोलाइएको छ। थाहाखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको