सुन्दै अच्चम्म १ ७ सय वर्षदेखि चराको जस्तै गुडमा बस्छन् कन्दोवन गाँउका मानिस

लोकखबर
३ चैत्र २०७७, मंगलवार १६:३९

मकवानपुर । हरेक मानिसमा आफ्नो घर आलिशान वा भव्य महल होस् भन्ने चाहाना हुन्छ । सबैले आफ्नो घरमा हरेक सुख सुविधा होस् भन्ने चाहान्छन् । तर यो विश्वमा एउटा यस्तो गाँउ छ जहाँका मानिस भव्य घरमा होइन गुडमा बस्दै आएका छन् ।
इरानको एउटा गाँउका मानिस गुडमा बस्दै आएको छ । उनीहरुको घर, घर जस्तो होइन चराको गुड जस्तो देखिन्छ । र त्यो पनि २र४ बर्ष वा एक दशकअघिबाट होइन विगत ७ सय बर्षदेखि उनीहरु चराको गुड जस्तो घरमा बस्दै आएका छन् ।
इरानको कन्दोवन गाँउका मानिसको घर चराले झै गुड जस्तो घर बनाएर बस्ने गर्दछन् । उनिहरुको घर मात्र होइन, परम्परा रहनसहन पनि अद्भुत छ । खासमा बर्षौ पहिले यहाँ मंगोलको आतंक थियो ।
मंगोलको हमलाबाट बच्न उनीहरुका पूर्वजले लुक्न ज्वालामुखी चट्टानलाई खनेर यस्ता घर बनाए । पछि यहि घर उनीहरुको स्थानी घर भयो । यसैको निरन्तरता स्वरुप यो गाँउका घर विश्वभर चर्चित बने ।
बाहिरबाट देख्दा अनौठो भएपनि यहाँका घर निकै आरामदायी छन् । रोचक त के छ भने यँहाका हरेक घर वातावरणको अनुकूल छ । जसका कारण चिसो मौसममा तातो र गर्मी मौसममा चिसो हुन्छ ।खबरहब डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*