कञ्चनपुरमा टायर पड्किएर गाडी दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

लोकखबर
२०७७ चैत्र ४, बुधबार १२:०१

मकवानपुर । कञ्चनपुरमा टायर पड्किएर वीङ्गर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अन्य ६ जना घाइते भएका छन्
बुधबार बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर दुर्घटना भएको हो।
मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्त रहेको प्रहरीले जनाएको छ।
घाइतेको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।सेतोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको