खनाल–नेपाल पक्षलाई कम्युनिस्ट आन्दोलनका अग्रजको साथ

लोकखबर
४ चैत्र २०७७, बुधबार १५:३५

मकवानपुर । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा कम्युनिस्ट आन्दोलनका अग्रज नेताहरुको सहभागिता रहेको छ । खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा कम्युनिस्ट आन्दोलनका अग्रज तथा एमालेका पुराना नेताहरु कमल कोइराला, मोहनचन्द्र अधिकार, केशवाणि पोखरेल, राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, अमृत लाल बोहोरालगायतको सहभागिता रहेको छ ।
खनाल–नेपाल पक्षको कार्यकर्ता भेला आजबाट ललितपुरको सानेपामा सुरु भएको छ । भेलामा नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ । एमालेमा अध्यक्ष केपी ओली र खनाल–नेपाल पक्ष बीचको विवाद उत्कर्षमा छ । ओलीको एकलौटी निर्णयपछि खनाल–नेपाल पक्षले समानान्तर गतिविधि अगाडि बढाएको छ ।
ओली पक्षले कार्यकर्ता भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिएपनि एमालेका संस्थापक नेता मध्येका केही नेता र कार्यकर्ता भेलामा सहभागी भएको पाइएको छ ।रातोपाटी डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*