ओलीले बोलाए एमाले संसदीय दलको बैठक

लोकखबर
२०७७ चैत्र ४, बुधबार १६:४९

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । बिहीबार ११ बजे बालुवाटारमा बैठक बोलाएको ओली पक्षका सांसद तथा मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘बिहीबार ११ बजे बालुवाटारमा बस्ने बैठकमा आउन सबै सांसदहरुलाई एसएमएस गरेर निम्तो गरिएको छ’, भट्टराईले भने,‘बाँकी निर्णय बैठकले नै गर्छ ।’
ओलीले गत फागुन २८ गते एकलौटी बैठक बसेर गरेको निर्णयको विरोधमा एमालेको झलनाथ माधव पक्षले बुधबारबाट राष्ट्रिय कार्यकर्ता भेला सुरु गरेको छ । उक्त भेलालाई ओली पक्षले गुटको भेला भनेको छ । तर नेपाल खनाल पक्षले पार्टीको आधिकारिक भेला भनेर दावी गरेको छ ।
ओली पक्षले खनाल नेपाल पक्षले बोलाएको भेलामा नजान निर्देशन जारी गर्दै गए कारवाही गर्ने चेतावनी दिएको थियो । यसैबीच खनाल नेपाल पक्षका सांसदहरु ओलीले बोलाएको दलको बैठकमा जाने सम्भावना कम रहेको बताएका छन् । रातोपाटी डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको