मुख्य नेताबाहेकका सांसद बालुवाटार जाने निर्णयप्रति माधव नेपाल पक्षमा असन्तुष्टि

लोकखबर
२०७७ चैत्र ५, बिहीबार १२:२६

मकवानपुर । संसदीय दलको बैठकमा मुख्य नेता नजाने तर अरु सांसद जाने निर्णयप्रति एमालेको माधव नेपाल पक्षका सांसदहरू असन्तुष्ट बनेका छन् । उनीहरूले कुन मुख लिएर बालुवाटार जाने रु भन्दै नेताहरूसँग असहमति प्रकट गरेका छन् ।
दलको बैठक बहिष्कार गर्ने भनेर एकाएक केही सांसदलाई जाऊ भन्नु पराजित मानसिकता भएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका हुन् । उनीहरूले दलको बैठकमा भाग लिने हो भने झलनाथ खनाल, माधव नेपालसहित सबै नेताहरू जानुपर्ने बताएका छन् ।
मुख्य नेताबाहेक अरु सांसद दलको बैठकमा जाने निर्णयप्रति आफू सहमत नरहेको सांसद तथा केन्द्रीय सदस्य झपट रावलले बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले हरेक सांसदको आफ्नो आत्मसम्मान हुने भन्दै पराजित मानसिकता बोकेर जानुको औचित्य नरहेको बताए ।
रावलले भने, ‘हामीले व्यक्ति केपी ओलीको विरोध गरेको होइन । पद्धति र प्रवृत्तिको सन्दर्भमा लडेको हो भने पराजित मानसिकता किन रु मुख्य नेताहरू जानुहुन्छ भने म पनि जान्छु नत्र जान्न भन्देको छु ।’
अन्य सांसदहरुले पनि नेताहरूलाई भेटेर र फोनमा समेत असन्तुष्टि जनाएका छन् ।
समानुपातिकतर्फका सांसदहरू भने बैठकमा भाग लिन बालुवाटार पुगेका छन् । केही प्रत्यक्ष निर्वाचित सांसदहरू पनि गएका छन् ।नेपालप्रेस खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको