चैत तेस्रो साताभित्र भाडा समायोजन गर्न यातायात व्यवसायी महासंघको माग

लोकखबर
५ चैत्र २०७७, बिहीबार १६:५५

मकवानपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मूल्यवृद्धिको आधारमा चैतको तेस्रो साताभित्र भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई बिहीबार ज्ञापन पत्र बुझाउँदै महासंघले उक्त माग राखेको हो । आफूहरुले दिएको समयसीमाभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने चेतावनी दिइएको छ ।
यस्तै वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानल अनुमति दिन पनि माग गरिएको छ । प्राविधिक जाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ ।
२० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि महासंघका महासचिव सरोज सिटौलाले बताए ।
ज्ञापन पत्र बुझ्दै मन्त्री नेम्वाङले ज्ञापन पत्रको सम्बन्धमा यातायात व्यवस्था विभागसँग आवश्यक छलफल गर्ने प्रतिक्रिया दिएका छन् ।कान्तिपुरखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*